खाँदबारीको मेयरमा कांग्रेस र उपमेयरमा एमाले विजयी – Nepal Press

खाँदबारीको मेयरमा कांग्रेस र उपमेयरमा एमाले विजयी

संखुवासभा । खाँदबारी नगरपालिकाको मेयरमा नेपाली कांग्रेसका महेश थपलिया निर्वाचित भएका छन् । गठबन्धनबाट उम्मेदवार बनेका थपलियाले ७ हजार ६ सय ३४ मत प्राप्त गरे । उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका जितबहादुर घिमिरेले ५ हजार ५ सय ८९ मत ल्याए ।

उपमेयरमा भने एमालेकी महेश्वरा श्रेष्ठ विजयी भएकी छिन् । उनले ६ हजार ३ सय ८५ मत ल्याइन् । गठबन्धनबाट उपमेयरको उम्मेदवार रहेका माओवादी केन्द्रका दिव्यराज बरालले ५ हजार १ सय ४७ मत ल्याए ।

अघिल्लो स्थानीय निर्वाचनमा एमालेले खाँदबारीको मेयर–उपमेयर दुवै जितेको थियो । गठबन्धनका कारण खाँदबारीको मेयर जित्न कांग्रेस सफल भएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर