भक्तपुर मेयरमा सुनिल प्रजापतिसहित नेमकिपाकाे क्लीन स्वीप – Nepal Press

भक्तपुर मेयरमा सुनिल प्रजापतिसहित नेमकिपाकाे क्लीन स्वीप

भक्तपुर । भक्तपुर नगरपालिकामा नेपाल मजदुर किसान पार्टीले क्लिन स्वीप गरेको छ । यहाँ मेयर, उपमेयर र १० वडा अध्यक्षसँगै सबै जनप्रतिनिधिमा उसले शतप्रतिशत नतिजा निकालेको हो ।

भक्तपुर नपाको मेयरमा नेमकिपाका सुनिल प्रजापतिले २९,२०० मत ल्याएर अत्यधिक बहुमतले विजयी भएका हुन् । उनले दोस्रो स्थानमा रहेका नेपाली कांग्रेसका रामप्रसाद कासुलाले भन्दा करिब दश गुणा बढी मत ल्याएका छन् । कांग्रेसका कासुलाले ३,३५२ मतमात्रै ल्याउँदा एमालेका रवीन्द्र लाछिमस्युले २,८३७ मतमात्रै पाएका छन् ।

त्यस्तै उपमेयरमा समेत नेमकिपाकी रजनी जोशीले अत्यधिक २९,६९५ मत ल्याएकी जित निकालेकी छिन् । उनपछि एमालेकी रञ्जना खर्बुजा चापागाईंले २७८४ मतमात्रै पाइन् । उपमेयरमा कांग्रेस र नेकपा एकीकृतको तालमेलबाट एकीकृत समाजवादीका ओमचरण अमात्यले १७४२ मतमात्रै पाए ।

यहाँ वडा नं १ देखि १० मा नेमकिपाकै उम्मेदवारह?ले अत्यधिक मत ल्याएर जीत निकालेका छन् । जसअनुसार क्रमशः श्यामकृष्ण खत्री, हरिप्रसाद बासुकला, राजकृष्ण गोरा, उपेन्द्र सुवाल, योगेन्द्रमान बिजुक्छे, हरिराम सुवाल, उकेश कवां, कृष्णप्रसाद कोजू, रवीन्द्र ज्याख्व र लक्ष्मीप्रसाद ह्यौमिखा निर्वाचित भएका छन् ।

निर्वाचित योगेन्द्रमान बिजुक्छे र कृष्णप्रसाद कोजूबाहेक ८ जना वडा अध्यक्ष र मेयर प्रजापति तथा उपमेयर जोशी दोस्रोपटक विजयी भएका हुन् ।

यससँगै नेमकिपाले आफ्नो विरासतलाई ‘लाल किल्ला’को रुपमा बर्करार राख्न सफल भएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर