कञ्चनपुरको बेलडाँडी गाउँपालिकामा कांग्रेस विजयी – Nepal Press

कञ्चनपुरको बेलडाँडी गाउँपालिकामा कांग्रेस विजयी

कैलाली । कञ्चनपुरको बेलडाँडी गाउँपालिका अध्यक्षमा नेपाली कांग्रेसका हरिशचन्द्र राना विजयी भएका छन् । निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका अकलबहादुर विष्टलाई १८०२ मत अन्तरले पराजित गर्दै राना निर्वाचित भएका हुन् ।

रानाले ४१०३ मत ल्याउँदा विष्ट २३०१ रोकिए ।

यहाँ उपाध्यक्षमा नेपाली कांग्रेसकै शान्तिनाथ निर्वाचित भइन् । उनले ३६७३ मत ल्याउँदा एमालेकी फुलदेवी रानाले ३२२७ ल्याइन् ।

बेलडाँडी गाउँपालिका वडा नम्बर १, २, ३ र ५ मा नेपाली कांग्रेस तथा वडा नम्बर ४ मा नेकपा एमालेको पूरै प्यानल निर्वाचित भएको बेलडाँडीका निर्वाचन अधिकृत सुरेन्द्र केसीले बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर