अर्घाखाँचीको मालारानीमा एमालेले गठबन्धनलाई हरायो, अध्यक्षमा भट्टराई र उपाध्यक्षमा पोखरेल विजयी – Nepal Press

अर्घाखाँचीको मालारानीमा एमालेले गठबन्धनलाई हरायो, अध्यक्षमा भट्टराई र उपाध्यक्षमा पोखरेल विजयी

रुपन्देही । अर्घाखाँचीको मालारानी गाउँपालिका अध्यक्ष र उपाध्यक्षमा नेकपा एमालेका उम्मेदवारले पाँच दलीय गठबन्धनका उम्मेदारलाई फराकिलो मतान्तरले पराजित गरेका छन्।

एमालेबाट अध्यक्षमा दलबहादुर भट्टराईले पाँच दलीय गठबन्धनबाट माओवादी केन्द्रका पदम क्षेत्रीलाई १ हजार ५ सय ५७ मतान्तरले पराजित गरेका हुन् । भट्टराईले ८ हजार २ सय ८३ मत ल्याएर गाउँपालिका अध्यक्षमा विजयी भए भने क्षेत्रीले ६ हजार ७ सय २६ मत ल्याए ।

उपाध्यक्षमा एमालेकी दीपा पोखरेलले गठबन्धनबाट कांग्रेसका उम्मेदवार शोभाखर खनाललाई १ हजार ४ सय ९८ मतान्तरले पराजित गरिन् । पोखरेलले ८ हजार १ सय ५५ मत ल्याएर विजयी भइन् । खनालले ६ हजार ६ सय ५७ मत ल्याए ।

२०७४ को स्थानीय तह निर्वाचनमा पनि कांग्रेस–माओवादी गठबन्धनका उम्मेदवारलाई भारी मतले पराजित गर्दै एमालेले जितेको थियो। ३ नगर र ३ गाउँपालिका रहेको जिल्लाका तीन गाउँपालिकाको सम्पन्न मतगणनामा दुई पालिकाका अध्यक्ष, उपाध्यक्ष तथा एक पालिकाको उपाध्यक्ष एमालेले जितेको छ भने १ पालिका अध्यक्ष मात्र कांग्रेसले जितेको छ ।

बाँकी ३ नगरमध्ये २ नगरमा एमाले र १ नगरमा जनमोर्चा अग्रस्थानमा रहेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर