विवादपछि रोकिएको तिलोत्तमाको मतगणना अझै सुरु भएन – Nepal Press

विवादपछि रोकिएको तिलोत्तमाको मतगणना अझै सुरु भएन

रुपन्देही । रुपन्देहीको तिलोत्तमा नगरपालिकामा मतगणना बस्ने कर्मचारीको तथ्यांक फरक–फरक आएपछि विवाद भएको छ । विवाद बढेपछि यहाँ मतगणना स्थगित गरिएको छ । सोमबार रातिदेखि रोकिएको गणना अहिलेसम्म सुरु हुन सकेको छैन । गणनास्थल बाहिर एमाले तथा गठबन्धन समूहको प्रदर्शन हुन थालेपछि स्थानीय प्रशासनले सुरक्षा बढाएको छ ।

वडा नम्बर २ र १६ को मतगणना भइरहेको समयमा तथ्यांक फरक परेपछि विवाद भएको थियो ।

विवाद बढ्दै गएपछि निर्वाचन अधिकृत माधवप्रसाद लोहनीले विज्ञप्ति नै निकालेर गणनामा कर्मचारीबाट भएको गल्ती स्वीकार गर्दै अब यसो गर्न नदिन सबैको रोहबरमा गणना गर्ने जनाएका छन् ।

नेपाली कांग्रेसले कर्मचारीको मिलेमतोमा एमालेको मत संख्या बढाइएको आरोप लगाएको छ भने एमालेले गृहमन्त्री बालकृष्ण खाणँको बलमा कर्मचारी लगाएर एमालेका प्रतिनिधिलाई दबाबमा पार्न खोजेको आरोप लगाएको छ ।

कांग्रेसका प्रतिनिधिले वडा नम्बर १६ को मत गन्दा नेपाली कांग्रेसको १४१ हुनुपर्नेमा ११४ लेखिएको र एमालेको २५९ हुनुपर्नेमा २९६ लेखिएको पाइएको थियो । आयोगका कर्मचारी गणेश गौतमले तथ्यांक फरक लेखेको आरोप लागेको छ ।

नेकपा एमालेका वासुदेव घिमिरेले मतगणनाका विषयमा कांग्रेसका प्रतिनिधिले अनावश्यक विवाद गरेपछि रोकिएको बताए । उनले एमालेले अग्रता लिएपछि कांग्रेसका प्रतिनिधिले बखेडा झिकेको आरोप लगाए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर