पाँचथरको मिक्लाजुङकाे अध्यक्षमा माओवादी र उपाध्यक्षमा कांग्रेस विजयी – Nepal Press

पाँचथरको मिक्लाजुङकाे अध्यक्षमा माओवादी र उपाध्यक्षमा कांग्रेस विजयी

काठमाडौं । पाँचथरको मिक्लाजुङ गाउँपालिकामा माओवादी कांग्रेसको गठबन्धन विजयी भएको छ । गाउँपालिकामा एमालेलाई दोस्रो बनाउँदै गठबन्धन विजयी भएको हो ।

गठबन्धनबाट अध्यक्षमा माओवादी केन्द्रका अमरराज माखिम र उपाध्यक्षमा कांग्रेसका सन्तकुमार शेर्मा ‘सन्तोष’ विजयी भएका हुन् ।

मिक्लाजुङ गाउँपालिका अध्यक्षमा माखिमले ६०६५ र उनका प्रतिस्पर्धी एमालेका नरेन्द्रकुमार बस्नेतले ४०२६ मत पाएका छन् ।

उपाध्यक्षमा कांग्रेसका सन्तकुमार शेर्माले ५५४२ मत ल्याई गाउँपालिका उपाध्यक्षमा निर्वाचित भएका छन् । उनका प्रतिस्पर्धी एमालेकी धनमाया सारुले ३३७२ मत ल्याई दोस्रो भएकी छन् ।

मिक्लाजुङ गाउँपालिकाकाे वडामा मिश्रित परिणाम आएको छ । वडा नम्बर १ मा स्वतन्त्र, २ र ३ मा कांग्रेस, ५, ६ र ७ मा माओवादी केन्द्र र ८ मा एमाले विजयी भएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर