सुर्खेतको चिङ्गाडमा एमालेले भत्कायो कांग्रेसको गढ, अध्यक्षमा जिसी विजयी – Nepal Press

सुर्खेतको चिङ्गाडमा एमालेले भत्कायो कांग्रेसको गढ, अध्यक्षमा जिसी विजयी

सुर्खेत । नेपाली कांग्रेसको गढ मानिने सुर्खेतको चिंगाड गाउँपालिकामा एमालेले जितेको छ । नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काको निर्वाचन क्षेत्र रहेको चिंगाडमा एमालेका वोधविक्रम जिसी ६१ मतले विजयी भएका छन् ।

मतदान अधिकृतको कार्यालयले गरेको घोषणाअनुसार यहाँ नेपाली कांग्रेसका डोरप्रसाद शर्मा पराजित भएका छन् ।

यहाँ जिसीले ३५९१ मत पाए भने शर्माले ३५५० मत प्राप्त गरे ।

यस्तै, पालिका उपाध्यक्षमा एमालेकै मीनाकुमारी रोकायाले विजयी प्राप्त गर्दा कांग्रेसकी मनमाया आचार्य पराजित भइन् ।

यहाँ वडा नम्बर १, ४ र ५ एमालेले जितेको छ भने कांग्रेसले वडा नम्बर २, ३ र ६ मा जित हात पारेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर