सप्तरीको अग्निसाइर कृष्णसावरण गाउँपालिका अध्यक्षमा एमालेका चौधरी निर्वाचित – Nepal Press

सप्तरीको अग्निसाइर कृष्णसावरण गाउँपालिका अध्यक्षमा एमालेका चौधरी निर्वाचित

काठमाडौं । सप्तरीको अग्निसाइर कृष्णसावरण गाउँपालिकाको अध्यक्षमा नेकपा एमालेका दिनानाथ चौधरी विजयी भएका छन् ।

निर्वाचित अध्यक्ष दिनानाथले ४ हजार ८७४ मत प्राप्त गरेका छन् । निकटतम प्रतिस्पर्धी परशुराम चौधरीले ले ३ हजार ८८८ मत प्राप्त गरे ।

उपाध्यक्षमा नेपाली कांग्रेसकी कल्पनाकुमारी चौधरी निर्वाचित भएकी छन् । उनले ४ हजार २१६ मत प्राप्त गरिन् । उनका निकटतम प्रतिस्पर्धी एमालेकी शैलेन्द्री लेखी थरुनीले ३ हजार ४५९ मत प्राप्त गरिन् ।

६ वटा वडा रहेको सो पालिकामा ३ वटाका अध्यक्षमा कांग्रेस, २ वडाध्यक्षमा एमाले र एउटा वडाध्यक्षमा माओवादी केन्द्र विजयी भएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर