जिम्मेवारी पूरा गर्न नसकेको भन्दै माओवादी प्रदेश सदस्य पाण्डेले दिए राजीनामा – Nepal Press

जिम्मेवारी पूरा गर्न नसकेको भन्दै माओवादी प्रदेश सदस्य पाण्डेले दिए राजीनामा

सुर्खेत । पार्टीले दिएकाे जिम्मेवारी पूरा गर्न नसकेकाे भन्दै नैतिकताकाे आधारमा नेकपा माओवादी केन्द्रका एक प्रदेश सदस्यले राजीनामा दिएका छन् । स्थानीय तह निर्वाचनअन्तर्गत पार्टीले रुकुम पश्चिमको मुसीकोट नगरपालिकाका केही वडामा जिताउन दिएकाे जिम्मा पूरा गर्न असफल भएको भन्दै प्रदेश कमिटी सदस्य जयबहादुर पाण्डे ‘पहाड’ले राजीनामा दिएका हुन् ।

उनले मंगलबार एक विज्ञप्ति जारी गर्दै पार्टीलाई थप क्रान्तिकारी बनाउन र आगामी दिनमा जिताउन निरन्तर लाग्ने प्रतिबद्धतासमेत जनाएका छन् । उनलाई नेकपा माओवादीले पार्टीलाई मुसिकोट नगरपालिकाको वडा नं ६, ७ र ८ मा जिताउन जिम्मा दिएको थियो ।

‘वडा नं ८ मा माओवादीलाई चुनाव जिताउन सकिएन’, नेपालप्रेससँग कुरा गर्दै उनले भने, ‘त्यसैले नैतिकताको आधारमा मैले राजीनामा दिएको हो ।’

मुसीकोट ६ मा माओवादीका भानु मल्ल वडा अध्यक्षमा विजयी भएका छन् । वडा नं ७ मा एक्कबहादुर पाण्डे निर्वाचित भएका छन् । वडा नं ८ मा नेपाली कांग्रेसका जयबहादुर थापा वडा अध्यक्षमा निर्वाचित भए । यहाँ माओवादीका उम्मेदवार १८ मतले पराजित भएका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर