इलामको सुर्योदय नगरपालिकामा २४ वर्षीय युवक वडाध्यक्ष निर्वाचित – Nepal Press

इलामको सुर्योदय नगरपालिकामा २४ वर्षीय युवक वडाध्यक्ष निर्वाचित

काठमाडौं । इलामको सुर्योदय नगरपालिकामा २४ वर्षीय युवक वडाध्यक्ष निर्वाचित भएका छन्।

नेपाली कांग्रेसका उम्मेदवार उर्गेन बम्जन सुर्योदय-५ को वडाध्यक्ष निर्वाचित भएका हुन्। उनले ७ सय ५१ मत ल्याएका छन्।

नेकपा एकिकृत समाजवादीका अनिल लिम्बुले ६ सय ६९ मत ल्याए। लिम्बुको उमेर पनि २७ वर्ष रहेको छ। नेकपा एमालेका उम्मेदवार नारायण चम्लागाईले ६ सय ४४ मत ल्याएका छन्।

सुरुका पाँचवटा वडाको गणना हुँदासम्म कांग्रेसले तीन तथा एकिकृत समाजवादी र नेकपा एमलाले एकएक वडाध्यक्ष जितेका छन्।

नगरपालिका प्रमुखमा एकिकृत समाजवादीका रनबहादुर राई ४ हजार ८ सय ८९ मतसहित अगाडि छन्। एमालेका काजीमान कागतेले ४ हजार ३२ मत प्राप्त गरेका छन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर