अछामको तुर्माखाँदमा एमाले विजयी, विद्यार्थी नेता बिसी बने गाउँपालिका अध्यक्ष – Nepal Press

अछामको तुर्माखाँदमा एमाले विजयी, विद्यार्थी नेता बिसी बने गाउँपालिका अध्यक्ष

धनगढी । अछामको तुर्माखाँदा गाउापालिकामा नेकपा एमाले विजयी भएको छ । अध्यक्षमा विद्यार्थी नेता एमाले निकट अनेरास्ववियुका स्थायी कमिटी सदस्य डम्बरवहादुर बिसी ३ हजार ५२३ मत ल्याई विजयी भएका छन् ।

उनले निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेस उम्मेदवार कर्णबहादुर बुढालाई ३० मतान्तरले पराजित गरेका हुन् । पराजित कर्णबहादुर बुढाले ३,४९३ मत ल्याएका छन् ।

उपाध्यक्षमा पनि एमालेकै बिमलाकुमारी शाही ३ हजार ५०१ मतसहित विजयी भएकी छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर