सञ्चारमन्त्री र मुख्यमन्त्रीको नगरमा गठबन्धनलाई धक्का, भोजपुरको षडानन्दमा एमाले विजयी – Nepal Press

सञ्चारमन्त्री र मुख्यमन्त्रीको नगरमा गठबन्धनलाई धक्का, भोजपुरको षडानन्दमा एमाले विजयी

भोजपुर । यहाँको षडानन्द नगरपालिकामा गठबन्धनलाई पराजित गर्दै नेकपा एमालेका सुरेन्द्र उदास मेयरमा निर्वाचित भएका छन् । गठबन्धनतर्फका उम्मेदवार नेपाली कांग्रेसका वीरबल राईलाई १०१५ मतले पछि पार्दै उदासले अध्यक्ष जितेका हुन् ।

उदासले ६७७२ मत ल्याउँदा राई ५७५७ मतमा रोकिए । उदास ७४ को चुनावमा वीरबलसँग २८२ मतान्तरले पराजित भएका थिए । उपमेयरमा भने माओवादीकी प्रमिला राई विजयी बनिन् । उनले ७२५७ मत ल्याउँदा प्रतिद्वन्द्वी एमालेकी मेरिका राईले ४३५८ मत ल्याइन् ।

मेरिका निवर्तमान उपमेयर हुन् । यो नगरपालिका सञ्चारमन्त्री एवं कांग्रेस नेता ज्ञानेन्द्रबहादुर कार्की र नेकपा एसका सचिव एवं प्रदेश १ का मुख्यमन्त्री राजेन्द्र राईको गृहपालिका हो ।

गत चुनावमा यहाँ कांग्रेस एक्लैले जितेको थियो । वीरबल मेयरमा निर्वाचित हुँदा उपमेयरमा भने एमालेकी मेरिकाले जितेकी थिइन् । सिट बाँडफाँटको क्रममा उपमेयर बटमलाइनमा राखेको नेकपा एसले आफूलाई उपेक्षा गरेको भन्दै भागबण्डाप्रति असन्तुष्टि जनाएको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर