हामीलाई चौतर्फी घेराबन्दी गरियो, राज्यसत्ताको दुरुपयोग भयोः ज्ञवाली (भिडिओ) – Nepal Press

हामीलाई चौतर्फी घेराबन्दी गरियो, राज्यसत्ताको दुरुपयोग भयोः ज्ञवाली (भिडिओ)

काठमाडौं । नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले एमालेलाई चुनावमा चौतर्फी घेराबन्दीमा पारिएको बताएका छन् । यसका बाबजुद एमालेले ल्याइरहेको नतिजाप्रति उनले सन्तोष व्यक्त गरे ।

संसद बैठकमा बोल्दै ज्ञवालीले भने, ‘हामी झल्झली सम्झिरहेका छौं । चुनावपछि एमाले मटियामेट हुने, टर्च बालेर खोज्नुपर्ने, धूलोमा मिल्ने जस्ता कुराहरु गरिएका थिए । तर, हामीले गठबन्धनसँग संघर्ष गर्दै ३२२ मध्ये ९९ भन्दा माथि विजय हासिल गरेका छौं ।’

उनले थपे, ‘परिणामप्रतिको कुरा होइन । तर, यसरी प्रतिपक्षी दललाई जुन तरिकाले चौतर्फी घेराबन्दी गरियो यस्तो दुनियाँमा कतै हुँदैन । स्वस्थ र मर्यादित प्रतिस्पर्धाबाट योभन्दा कमजोर बन्न एमाले तयार छ । तर सत्ताको दुरुपयोग भयो । यसले लोकतन्त्रलाई राम्रो गर्दैन ।’

उनले निर्वाचनको निष्पक्षतामा प्रश्न उठ्ने गरी घटनाहरु भएको बताए । निर्वाचन प्रभावित गर्नेगरी सुरक्षाकर्मी यताबाट उता सारिएको, आचारसंहितालाई अचारसंहिता बनाइएको तथा प्रधानमन्त्रीले सेनाको हेलिकोप्टर चढेर भोट माग्न हिँडेको ज्ञवालीको आरोप छ ।

चुनावी परिणामपछि आफ्नो पार्टी धूलो टक्टक्याएर उठ्न तयार रहेको उनको भनाइ छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर