प्रचण्डको क्षेत्रमा गठबन्धन पराजित, माडीको मेयरमा एमालेकी ताराकुमारी विजयी – Nepal Press

प्रचण्डको क्षेत्रमा गठबन्धन पराजित, माडीको मेयरमा एमालेकी ताराकुमारी विजयी

चितवन । माओवादी अध्यक्ष प्रचण्डको निर्वाचन क्षेत्र माडी नगरपालिकामा एमालेले जित निकालेको छ । यसअघि माओवादीले जितेको माडीको मेयरमा यसपटक एमालेकी ताराकुमारी काजी महतो विजयी भएकी छन् ।

निवर्तमान उपमेयरसमेत रहेकी ताराकुमारीले ९ हजार ९०१ मत प्राप्त गरेर मेयर जित्दा निकटतम प्रतिद्वन्द्वी गठबन्धनबाट माओवादी केन्द्रका ऋषिराम काफ्लेले ७ हजार ७२९ मत पाएका छ्न् ।

उपमेयरमा भने नेपाली कांग्रेसका खेमप्रसाद महतो ६ हजार ८३० मतले जितेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर