चार हजार वडा अध्यक्षको अन्तिम नजिता, ४० प्रतिशत कांग्रेसकाे पाेल्टामा  – Nepal Press

चार हजार वडा अध्यक्षको अन्तिम नजिता, ४० प्रतिशत कांग्रेसकाे पाेल्टामा 

काठमाडौं । स्थानीय तह निर्वाचनअन्तर्गत अहिलेसम्म ४ हजार वडा अध्यक्ष पदकाे नतिजा सार्वजनिक भएकाे छ । जसमा सबैभन्दा धेरै नेपाली कांग्रेसले ४० प्रतिशत जित हात पारेको छ ।

निर्वाचन आयोगको पछिल्लो तथ्यांकअनुसार मुलुकभरका ६ हजार ७४३ वटा वडामध्ये चार हजार ११० वटाको अन्तिम नतिजा सार्वजनिक भएकाे छ । जसमा कांग्रेसले १६६९ वटा वडामा अध्यक्ष जितेको छ । त्यस्तै एक सय वटा वडामा अग्रता लिइरहेको छ ।

नेकपा एमालेले १२७७ वटा वडा जित्दा १०९ वडामा अग्रता लिइरहेको छ । नेकपा माओवादी केन्द्रले ७२२ वटा वडामा अध्यक्ष जितेको छ । २९ वटा वडामा उसले अग्रता लिइरहेको छ ।

नेकपा एकीकृत समाजवादीले १०५ वटा वडामा अध्यक्ष जितेको छ भने १५ वडामा अग्रता लिइरहेको छ ।

अन्य राजनीतिक दल तथा स्वतन्त्रबाट ३३७ वटा वडा अध्यक्ष निर्वाचित भएका छन् । २० वटा वडामा अग्रता लिइरहेकाे आयाेगले जनाएकाे छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर