चुनावी परिणाम उत्साहजनक भएन, अब कसरी जाने छलफल गर्छौंः झलनाथ – Nepal Press

चुनावी परिणाम उत्साहजनक भएन, अब कसरी जाने छलफल गर्छौंः झलनाथ

काठमाडौं । नेकपा एकीकृत समाजवादीका नेताहरुले पार्टीका लागि चुनावी परिणाम सकारात्मक नबनेको विश्लेषण बनेका छन् ।

गठबन्धनलाई निरन्तरता दिन विषयमा पार्टीका समिक्षा गरिने उनीहरुको भनाइ छ ।आज संसद बैठकबाट निस्किँदै पार्टीका सम्मानित नेता झलनाथ खनालले भने, ‘अहिलेसम्म जेजस्तो परिणाम आएको छ, (हाम्रा लागि) उत्साहजनक छैन ।’

उनले गठवन्धन जुन उद्देश्यका लागि बनेको थियो, त्यो भने पूर्ति हुँदै गएको बताए । ‘कसरी अगाडि जान्छ भनेर हामी छलफ गर्नेछौं,’ उनले भने ।

पार्टीका अर्का नेता जीवनराम श्रेष्ठले गठवन्धन आफ्नो पार्टीका लागि प्रभावकारी नबनेको प्रतिक्रिया दिए । उनले भने, ‘अहिले नै निचोडमा पुग्ने अवस्था त बनिसकेको छैन । तर, हाम्राे लागि गठबन्धन प्रभावकारी नभएको देखियो । सबै परिणाम आइसकेपछि समीक्षा गर्नेर्छौं ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर