मकवानपुरको राक्सिराङ्ग गाउँपालिकामा गठबन्धनको जित – Nepal Press

मकवानपुरको राक्सिराङ्ग गाउँपालिकामा गठबन्धनको जित

हेटौँडा । पश्चिम मकवानपुरको राक्सिराङ्ग गाउँपालिकामा गठबन्धन गाउँपालिकाको अध्यक्ष तथा उपाध्यक्षमा विजयी भएको छ ।
गठबन्धनको तर्फबाट नेपाली कांग्रेसका राजकुमार मल्ल ५ हजार ४ सय ८१ मत सहित विजयी भए ।

मल्ल यस अघि पनि गाउँपालिका अध्यक्षमा निर्वाचित भएका थिए । उनका निकटतम् प्रतिस्पर्धी नेकपा एमालेका बाबुलाल स्याङ्तानले ४ हजार ५ सय ७२ मत प्राप्त गरे ।

उपाध्यक्षमा पनि गठबन्धनकै तर्फबाट नेकपा माओवादी केन्द्रका बनस्तम् थिङ निर्वाचित भएका छन् । थिङले ४ हजार ८ सय ३९ मत प्राप्त गर्दा उनका निकट्तम प्रतिस्पर्धी नेकपा एमालेकी सुन्तलीमाया प्रजाले ४ हजार १ सय २९ मत प्राप्त गरिन् ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर