महोत्तरीको मनरासिस्वा नगरपालिकामा कांग्रेसका मेयर र उपमेयर विजयी, निवर्तमान मेयर तेस्रोमा सीमित – Nepal Press

महोत्तरीको मनरासिस्वा नगरपालिकामा कांग्रेसका मेयर र उपमेयर विजयी, निवर्तमान मेयर तेस्रोमा सीमित

जनकपुरधाम । महोतरीको मनरासिस्वा नगरपालिकामा मेयर र उपमेयर दुवै पद नेपाली कांग्रेसले जितेको छ ।

मेयरमा कांग्रेसका मोहन पाण्डेयले ९६४ मतान्तरले विजयी भएका हुन् । निर्वाचन अधिकृतको कार्यालयका अनुसार उनले ५ हमार ८८४ मत ल्याएका छन् ।

उनका निकटतम प्रतिद्वन्दी जनता समाजवादी पार्टी (जसपा)का महेन्द्र यादव ४ हजार ९२० मत ल्याए छन् ।

यस्तै निवर्तमान मेयर समेत रहेका लोसपाका संजय कुमार सिंह मात्र २ हजार ७७२ मत पाए । ७४ सालको निर्वाचनमा उनी तत्कालिन राजपाबाट मेयरमा जितेका थिए ।

उपमेयरमा नेपाली कांग्रेसकी सकुन्तला देवीले ५ हजार ७४५ मत ल्याएर विजयी भएकी छन् । उनका निकटतम प्रतिस्पर्धी जसपाकी निर्माला देवी सिंह ४ हजार ८४२ मत ल्याएकी छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर