राजनीतिक गुरुको भोट गन्न ललितपुर पुगे बालेन साह (भिडिओ) – Nepal Press

राजनीतिक गुरुको भोट गन्न ललितपुर पुगे बालेन साह (भिडिओ)

काठमाडौं । काठमाडौं महानगरपालिकाको मतगणना राष्ट्रिय सभागृहमा जारी रहँदा अग्रस्थानमा रहेका स्वतन्त्र उम्मेदवार बालेन साह भने ललितपुरको मतगणनामा पुगेका छन् ।

ललितपुर महानगरको मतगणनास्थल जावलाखेलस्थित स्थानीय विकास प्रशिक्षण प्रतिष्ठानमा बालेन केही साथीहरुसहित छिरेका थिए ।

अहिले ललितपुरको वडा नम्बर १० को मतगणना सुरु हुन लागेको छ । यस वडाबाट स्वतन्त्र उम्मेदवारी दिएका नरसिंह व्यञ्जनकारको प्रतिनिधिका रूपमा मतगणनामा सहभागी हुन बालेन त्यहाँ गएका हुन् । व्यञ्जनकारलाई बालेनले आफ्नो राजनीतिक गुरु मान्ने गर्छन् । व्यञ्जनकारले पञ्चायतकालदेखि हरेकपटक सोही वडाबाट निरन्तर वडाध्यक्ष जित्दै आएका छन् ।

नरसिंह व्यञ्जनकार ।

व्यञ्जनकारका छोरा कुमार बेन बालेनका निकट सहयोगी हुन् । उनले यो स्थानीय चुनावमा बुबाका लागि भन्दा बालेनका लागि समय दिइरहेका छन् ।

प्रतिष्ठानको भवनमा बालेनको प्रवेश हुँदा सञ्चारकर्मी उनीतिर झुम्मिएका थिए । केही सञ्चारकर्मीले उनीसँग कुरा गर्न खोजे पनि उनले बोल्न मानेनन् । बालेनको आग्रहमा सुरक्षाकर्मीले सञ्चारकर्मीलाई रोकेका थिए ।

सधैँ कालो चश्मामा देखिने गरेका बालेन यहाँ चश्मा नलगाइकन आएका थिए ।

तस्बिरहरू : गौरव पौडेल । 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर