पोखरामा धनराजले थापासँगको मतान्तर २ हजार नघाए, कसको कति ? – Nepal Press

पोखरामा धनराजले थापासँगको मतान्तर २ हजार नघाए, कसको कति ?

पोखरा । पोखरा महानगरपालिकामा गठबन्धनबाट मेयरका उम्मेदवार नेकपा एसका धनराज आचार्यले अग्रता कायमै राखेका छन् । आचार्यले निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका कृष्ण थापासँगको मतान्तर २०३५ छ ।

धनराजले १६४१९ ल्याउँदा थापाले १४३८४ प्राप्त गरेका छन् । राप्रपाका शंकर खराल १६२१२ मत ल्याएर तेस्रो स्थानमा छन् ।

त्यस्तै उपमेयरमा नेपाली कांग्रेसकी कोपिला रानाभाटले १६६६५ मत प्राप्त गरेकी छन् । एमालेकी मञ्जुदेवी गुरुङको १६३९८ मत छ । राप्रपाकी उम्मेदवार रञ्जनाकुमारी सेन पौडेलले १३७५ मत ल्याएकी छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर