भत्कियो कांग्रेसको ऐतिहासिक गढ, दोधारा चाँदनीको मेयरमा एमालेका किशोर लिम्बू विजयी – Nepal Press

भत्कियो कांग्रेसको ऐतिहासिक गढ, दोधारा चाँदनीको मेयरमा एमालेका किशोर लिम्बू विजयी

धनगढी । प्रदेश १ का केही जिल्लामा मात्र उल्लेख्य बसोबास रहेको लिम्बू समुदायको व्यक्तिले सुदूरपश्चिमको तराईमा पुगेर मेयर जित्न सम्भव छ ? कन्चनपुरको दोधारा चाँदनीका जनताले यसलाई सम्भव बनाइदिएका छन् ।

स्थानीय तह निर्वाचनको पछिल्लो परिणाम अनुसार दोधाराचाँदनी नगरपालिकाको मेयरमा नेकपा एमालेका उम्मेदवार किशोरकुमार लिम्बू निर्वाचित भएका छन् ।

लिम्बूले ७ हजार १०४ मत ल्याउँदै नेपाली कांग्रेसका रैथाने उम्मेदवार गोपालदत्त भट्टलाई पराजित पराजित गरेका हुन् । भट्टले ६ हजार १७१ मत पाएर लिम्बुसँग पराजित भए । जबकी उपमेयरमा भने कांग्रेसकी गंगादेवी जोशी विजयी भएकी छन् । जोशीले ६ हजार ३६५ मत पाउँदा उनकी निकटतम् प्रतिस्पर्धी एमालेकी खिमा चन्दले ५ हजार ८२२ मत ल्याएकी छन् ।

यसअघि दोधारा चाँदनी २०४८देखि नै कांग्रेसले जित्दै आएको पालिका हो ।

संयोग नै मान्नुपर्छ अघिल्लो चुनावमा लिम्बु सोही पालिकाको मेयरमा हारेका थिए । यो नेपाली कांग्रेसका नेता रमेश लेखकको निर्वाचन क्षेत्र हो । भारतीय सेनाका छोरा उनी बुबाको जागिरकै सिलसिलामा ताप्लेजुङबाट भारत हुँदै कञ्चनपुर सरेका हुन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर