दैलेखको आठबीसमा गठबन्धनको हार, मेयर-उपमेयरमा एमाले विजयी – Nepal Press

दैलेखको आठबीसमा गठबन्धनको हार, मेयर-उपमेयरमा एमाले विजयी

सुर्खेत । दैलेखको आठबीस नगरपालिकामा सत्तारुढ गठबन्धन पराजित भएको छ । यहाँ बहुमत वडासहित नेकपा एमाले विजयी भएको हो ।

मेयरमा तर्कबहादुर बडुवाल ५३२७ मत ल्याएर विजयी हुँदा उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका प्रेमप्रकाश शाहीले ५०६६ मत पाए । दुईजनाबीच २६१ मतान्तर रहेको छ ।

यस्तै, उपप्रमुखमा एमालेबाटै ५११३ मत ल्याएर कल्पना थापा विजयी बनिन् । कांग्रेसकी निशा थापाले ४९६५ मत प्राप्त गरिन् ।

नगरपालिकाको वडा नम्बर १ मा एमालेका बमबहादुर रावत, २ मा एमालेका कलम कामी, ४ मा एमालेका टेकबहादुर माझी, ६ मा एमालेका नवराज शर्मा र ८ मा एमालेका अदल शाही अध्यक्षमा विजयी भएका छन् ।

यस्तै, नेपाली कांग्रेसले ४ वडा जितेको छ । जसमा वडा नम्बर ३ मा नगेन्द्रराज कार्की, ५ मा बजिर सिंह वि.क, ७ मा जैसिंह कठायत र ९ मा शेरबहादुर सिजापति विजयी भएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर