रामग्राम नगरपालिकामा बागीले जिते वडाध्यक्ष, कांग्रेसका आधिकारिक उम्मेदवार चौथो – Nepal Press

रामग्राम नगरपालिकामा बागीले जिते वडाध्यक्ष, कांग्रेसका आधिकारिक उम्मेदवार चौथो

रुपन्देही । पश्चिमनवलपरासीको रामग्राम नगरपालिका-१५ मा बागी उम्मेदवार धनपद यादव वडाध्यक्षमा विजयी भएका छन् । कांग्रेसले टिकट नदिएपछि बागी उठेका उनले माओवादीका देवनारायण पाण्डेलाई ३११ मतले पछि पार्दै जित हासिल गरेका हुन् ।

कांग्रेसकै आधिकारिक उम्मेदवार बबुल्लाहाँ धुनिया भने चौथो भए ।

यादव यसअघि सोही वडामा नेपाली कांग्रेसबाट निर्वाचित भएका हुन् ।

यादवले ८५३ ल्याउँदा माओवादीका पाण्डे ५४२ मा रोकिए । १८ वडा रहेको रामग्राममा अहिलेसम्म १५ वटा वडाको नतिजा घोषणा भएको छ । मेयरमा एमाले र उपमेयरमा राप्रपाका उमेदवारको अग्रता छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर