गठबन्धनले भत्कायो एमालेको गढ, खैरहनीको मेयरमा कांग्रेसका खनिया निर्वाचित – Nepal Press

गठबन्धनले भत्कायो एमालेको गढ, खैरहनीको मेयरमा कांग्रेसका खनिया निर्वाचित

चितवन । पाँच दलीय गठबन्धनले पूर्वी चितवन खैरहनीमा नेकपा एमालेको गढ भत्काएको छ । एमालेले २५ वर्षदेखि आफ्नो गढका रुपमा लिएको खैरहनी नगरपालिकाको मेयरमा नेपाली कांग्रेसका शशीकुमार खनिया निर्वाचित भएका छन् ।

२०५४ मा तत्कालीन खैरहनी गाविसको अध्यक्षदेखि २०७४ मा नगरपालिकाको मेयरमा निर्वाचित हुँदै आएका एमालेका लालमणि चौधरीलाई खनियाँले ८५० मतान्तरले पराजित गरेका हुन् । खनियाले १४ हजार ५४५ मत ल्याउँदा चौधरील १३ हजार ६९५ मत प्राप्त गरे ।

पूर्व सांसदसमेत रहेका चौधरीलाई मेयरमा गठबन्धनले हराउन सके पनि उपमेयरमा भने हराउन सकेन । उपमेयरमा एमालेकी कविता उप्रेती चार हजार ४९४ मतान्तरले निर्वाचित भइन् ।

उप्रेतीले १४ हजार १६४ मत प्राप्त गर्दा उनको निकटतम प्रतिस्पर्धी माओवादी केन्द्रकी लक्ष्मी ढकालले नौ हजार ६७० मत प्राप्त गरिन् ।खैरहनीमा गठबन्धनको सहारामा कांग्रेसले छ वडा जित्न सफल भयो । एमालेले सात वडामा जित हात पारेको छ ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर