पर्सागढी नगरपालिकाको मेयर र उपमेयर दुवै पदमा एमाले विजयी – Nepal Press

पर्सागढी नगरपालिकाको मेयर र उपमेयर दुवै पदमा एमाले विजयी

वीरगन्ज । पर्साको पर्सागढी नगरपालिकाको मेयर र उपमेयरमा एमालेका उम्मेदवार विजयी भएका छन् ।

मेयरमा गोकर्ण पाठक र उपमेयरमा पूजा चौधरी निर्वाचित भएका हुन् ।

मेयरमा निर्वाचित पाठकले ६ हजार ६२४ मत ल्याए भने उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका लोकनारायण यादवले ३ हजार ७३३ मत पाएका छन् ।

उपमेयरमा निर्वाचित चौधरीले ७ हजार ६१६ मत ल्याएर निर्वाचित भएकी हुन् ।

नेपाली कांग्रेसकी अर्चना चौधरीले ३ हजार ४३० मत ल्याएर दोस्रो भइन् ।यसअघि यो नगरपालिकामा पाठक पराजित भएका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर