बारेकोटको अध्यक्षमा गठबन्धनलाई पराजित गर्दै पत्रकार गिरी निर्वाचित – Nepal Press

बारेकोटको अध्यक्षमा गठबन्धनलाई पराजित गर्दै पत्रकार गिरी निर्वाचित

सुर्खेत । प्रेस चौतारी नेपालका निवर्तमान केन्द्रीय उपाध्यक्ष वीरबहादुर गिरी जाजरकोटको बारेकोट अध्यक्षमा निर्वाचित भएका छन् ।

गठबन्धनबाट नेपाली कांग्रेसका उम्मेदवार महेन्द्रबहादुर शाहलाई १०९ मतको अन्तरमा पराजित गर्दै उनले विजयी हासिल गरेका हुन् ।

उनले ३९५४ मत ल्याए ।  शाहले ३८४५ मत पाए ।

उपाध्यक्षमा नेकपा माओवादीका नरबहादुर गिरी विजयी भएका छन् । उनले ३६६३ मत ल्याए । उपाध्यक्षमा एमालेकी गीता कुमारी सिंह ३४०१ मत ल्याउँदा पराजित भइन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर