फिदिम नगरपालिकामा गठबन्धन विजयी, मेयरमा कांग्रेस र उपमेयर माओवादी – Nepal Press

फिदिम नगरपालिकामा गठबन्धन विजयी, मेयरमा कांग्रेस र उपमेयर माओवादी

पाँचथर । पाँचथरको फिदिम नगरपालिकामा गठबन्धनका उम्मेदवारले निर्वाचित भएका छन् ।

गठबन्धनका तर्फबाट मेयरमा नेपाली कांग्रेसका मित्रप्रसाद काफ्ले र उपमेयरमा नेकपा माओवादीका राधाकृष्ण न्यौपाने निर्वाचित भएका हुन् ।

मेयरमा काफ्लेले नेकपा एमालेका पृथ्वी लावतीलाई ५७५ मतले पराजित गरे ।

काफ्लेले ९ हजार ८५५ मत ल्याउँदा लावतीले ९ हजार २८० मात्र मत पाए ।

यस्तै उपमेयरमा नेकपा माओवादी केन्द्रका राधाकृष्ण न्यौपानेले एमाले, राप्रपा गठबन्धनका जगत थापा मगरलाई पराजित गरे ।

न्यौपानेले ९ हजार ३६ मत ल्याउँदा थापाले ५ हजार ६३४ मत प्राप्त गरे ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर