काठमाडौं अपडेटः कोर एरियाको मतगणना सुरु, आउला कथामा ट्वीस्ट ? – Nepal Press

काठमाडौं अपडेटः कोर एरियाको मतगणना सुरु, आउला कथामा ट्वीस्ट ?

काठमाडौं । काठमाडौं महानगरको मतगणना निर्णायक चरणमा प्रवेश गरेको छ । कांग्रेस-एमालेले आशा गरेको महानगरको कोर एरियामा मतगणना प्रवेश भएको हो ।

अहिले काठमाडौंको वडा नम्बर २७ को मतगणना भर्खर सुरू भएको छ । यो वडा कोर एरियाका रूपमा चिनिने महाबौद्ध क्षेत्रमा पर्छ ।

काठमाडौंका ११ देखि २७ सम्मका वडाहरूलाई कोर एरिया मान्ने गरिन्छ, जहाँ रैथाने नेवार समूदायको बसोबास छ । यो समूदायमा बालेनको हुरीले धेरै असर नगरेको विश्वास कांग्रेस-एमाले कार्यकर्ताले गरेका छन् ।

एमाले उम्मेदवार केशव स्थापितले कोर एरियाको गणना सुरू भएपछि आफूले अग्रता लिने दाबी गर्दै आएका छन् । कांग्रेस उम्मेदवार सिर्जना सिंहको आशा पनि कोर एरियामै टिकेको छ ।

उनीहरूले अपेक्षा गरेजस्तो भोट कोर एरियाबाट पाउँछन् या पाउँदैनन् भन्ने छनक आज देखिनेछ । अहिले बालेनले ११ हजारभन्दा बढी मतले लिड गरिरहेका छन् । उनलाई उछिल्ला स्थापित वा सिर्जनाले ठूलै उलटफेरि ल्याउनुपर्छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर