रामचन्द्रको नगरमा कांग्रेसमाथि कैची हावी ? – Nepal Press

रामचन्द्रको नगरमा कांग्रेसमाथि कैची हावी ?

तनहुँ । पाँच दलीय गठबन्धनको चुनावी परिचालन समितिका संयोजक एवं नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलको गृहपालिकामा कांग्रेस पछि परेको छ ।

तनहुँको व्यास नगरपालिकाको जारी मतगणनामा कांग्रेसका बैकुण्ठप्रसाद न्यौपाने पूर्वकांग्रेस नेता गोविन्दराज जोशीका छोरा दीपकसँग पछि परेका हुन् ।

हालसम्म ४ हजार ५७५ मत गणना हुँदा स्वतन्त्र उम्मेदवार दीपक जोशीले २ हजार ५५ मत प्राप्त गरेका छन् । उनको चुनाव चिन्ह कैची रहेको छ । कांग्रेस उम्मेदवारले १ हजार ४३२ मत प्राप्त गरेका छन् । कांग्रेसको रुखभन्दा कैचीले ६२३ मत बढी ल्याएको छ । उपमेयरमा भने कांग्रेस उम्मेदवारकै अग्रता रहेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर