रुपा महर्जनको टिप्पणी- हठबन्धनका कारण चन्द्रागिरीको उपमेयर एमालेले लग्यो – Nepal Press

रुपा महर्जनको टिप्पणी- हठबन्धनका कारण चन्द्रागिरीको उपमेयर एमालेले लग्यो

काठमाडौं । चन्द्रागिरी नगरपालिकाको मेयरमा पाँच दलीय गठबन्धनको तर्फबाट कांग्रेसका घनश्याम गिरीले जित्दै गर्दा उपमेयरमा भने एमालेकी वसन्ती श्रेष्ठ फराकिलो मतान्तरले विजयी भएकी छन् ।

गठबन्धनमा चन्द्रागिरीको उपमेयर राष्ट्रिय जनमोर्चाको गिलास चिन्हका रोशन दानीको भागमा परेको थियो । सुरूमा माओवादी केन्द्रबाट संविधानसभा सदस्य रूपा महर्जनले उपमेयरमा उम्मेदवारी दिएकी थिइन् ।

गठबन्धनबाट कांग्रेसले मेयर र माओवादीले उपमेयर पाउँदा दुवै पदमा सहज जित निकाल्न सकिने विश्वास थियो । तर, शीर्ष तहबाट राजमोलाई उपमेयर दिन निर्देशन आएपछि महर्जनले अन्तिममा आफ्नो उम्मेदवारी फिर्ता लिएकी थिइन् ।

त्यसकै कारण उपमेयर एमालेको भागमा पुगेको भन्दै महर्जनले असन्तुष्ट व्यक्त गरेकी छन् । हठबन्धनको परिणामस्वरूप उपमेयर गएको भन्दै पार्टीभित्रकै छद्मभेषीहरूले सो पद भोट नै नभएको दललाई दिँदा पराजय भोग्नुपरेको बताएकी छन् ।

उनले यहीकारण मेयरमा समेत गठबन्धनको जित निकाल्न निकै गाह्रो परेको बताएकी छन् । महर्जन चुनावी अभियानमा गठबन्धन जिताउन लागेकी थिइन् । यो नगरपालिकामा माओवादी केन्द्रले एउटा वडा जितेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर