मुख्यमन्त्रीका पीएले जोगाउन सकेनन् जमानत – Nepal Press

मुख्यमन्त्रीका पीएले जोगाउन सकेनन् जमानत

जनकपुरधाम ‌। मधेस प्रदेशका मुख्यमन्त्री लालबाबु राउतका स्वकीय सचिव पद त्यागेर गाउँपालिका अध्यक्षमा चुनाव लडेका दीपक यादवको जमानत जफत भएको छ ।

यादव पर्साको पटेर्वा सुगौली गाउँपालिका अध्यक्षमा जसपाबाट भिडेका थिए । तर, ४६९ मत मात्र ल्याएपछि उनको जमानत जफत भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

यहाँ अध्यक्ष र उपाध्यक्ष दुवै नेपाली कांग्रेसले जितेको छ । कांग्रेसका दिनेशकुमार चौधरी ५ हजार १४४ मत ल्याएर विजयी भए ।

उनका निकटम प्रतिद्वन्दी नेकपा एमालेका हरिनरायण चौधरीले ३ हजार ९४४ मत पाएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर