तिलोत्तमाको मेयरमा एमालेको अग्रता, उपमेयरमा फराकिलो मतान्तर – Nepal Press

तिलोत्तमाको मेयरमा एमालेको अग्रता, उपमेयरमा फराकिलो मतान्तर

रुपन्देही । मतगणनाको सुरुवाती चरणबाटै प्रतिस्पर्धामा रहेको रुपन्देहीको तिलोत्तमामा जारी मतगणनामा अहिले नेकपा एमालेका उम्मेदवार मोहन चापागाईले अग्रता लिएका छन् ।

गठबन्धन दल र नेकपा एमालेबीच कडा टक्कर देखिएको यो पालिकामा पछिल्लो मत परिणाम अनुसार नेकपा एमालेका मेयर उम्मेदवार मोहन चापागाईंले अग्रता लिएका हुन् ।

शुक्रबार बिहानसम्म १५ हजार २६१ मत गणना गर्दा चापागाईंले ५ हजार ९९३ मत प्राप्त गरेका छन् । गठबन्धन दलका तर्फबाट मेयर उम्मेदवार नेपाली कांग्रेसका रामकृष्ण खाँणले ५ हजार ८५६ मत प्राप्त गरेका छन् । खाँण चापागाईंभन्दा १३७ मतले पछि परेका छन् ।

यसैगरी उपप्रमुख पदमा भने नेकपा एमालेकी जागेश्वरीदेवि चौधरीले फराकिलो मतान्तर कायम राखेकी छन् । उनी २ हजार ९९५ मतले अघि रहेकी छन् ।

पछिल्लो मत परिणाम अनुसार चौधरीले ५ हजार ७४३ मत प्राप्त गर्दा निकटतम प्रत्यासी गठबन्धन दलको तर्फबाट गोलाकार भित्र हँसिया हथौडामा २ हजार ७४८ मत प्राप्त भएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर