रामेछापको खाँडादेवीमा गठबन्धनलाई पराजित गर्दै एमाले विजयी, श्रेष्ठ बने अध्यक्ष – Nepal Press

रामेछापको खाँडादेवीमा गठबन्धनलाई पराजित गर्दै एमाले विजयी, श्रेष्ठ बने अध्यक्ष

रामेछाप । रामेछापको खाँडादेवी गाउँपालिकामा गठबन्धनलाई पराजित गर्दै एमाले विजयी भएको छ। गाउँपालिका अध्यक्षमा नेपाली कांग्रेसका नवराज थोकर (तमाङ)लाई पराजित गर्दै एमालेका ज्ञानकुमार श्रेष्ठ विजयी भएका हुन् ।

श्रेष्ठले ७ हजार ३५९ मत पाए भने थोकरले ४ हजार ९०९ मत प्राप्त गरे।

यसैगरी उपाध्यक्षमा नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का मानबहादुर लामालाई पराजित गर्दै एमालेकी रमा घिसिङ निर्वाचित भएकी छन्। घिसिङले ७ हजार ४५८ मत प्राप्त गर्दा लामाले ४ हजार १११ मत प्राप्त गरे।

यहँ ७ वडाध्यक्षमा एमाले, नेपाली काँग्रेस र माओवादी केन्द्रले १–१ वडा जितेका छन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर