किशोरी ‘बलात्कार’ को घटना संसदमा, हदम्यादबारे पुनर्विचार हुनुपर्ने गगन थापाको माग (भिडिओ) – Nepal Press

किशोरी ‘बलात्कार’ को घटना संसदमा, हदम्यादबारे पुनर्विचार हुनुपर्ने गगन थापाको माग (भिडिओ)

काठमाडौं । सुन्दरी प्रतियोगिताका सञ्चालकले आठ वर्षअघि एक किशोरीमाथि गरेको बलात्कारको घटनाले संसदमा प्रवेश पाएको छ ।

नेपाली कांग्रेसका महामन्त्री एवं प्रतिनिधिसभाका सदस्य गगन थापाले किशोरी बलात्कारको घटनामा तत्काल छानबिन गरी दोषीलाई कारवाहीको दायरामा ल्याउन माग गरेका हुन् ।

प्रतिनिधिसभामा जारी विनियोजनक विधेयकको पूर्वछलफलमा भाग लिनुअघि किशोरी बलात्कारको घटनाबारे ध्यानाकर्षण गराउँदै थापाले बलात्कारसम्बन्धी कानूनमा रहेको हदम्यादसम्बन्त्री विषयमा पुनर्विचार गर्न माग गरे ।

‘सभामुखज्यूमार्फत नेपाल सरकारले तत्कालै अभियुक्तलाई अनुसन्धानमा ल्याउन माग गर्दछु । साथै यसै संसदले बनाएको बलात्कारसम्बन्धी कानून फौजदारी सहिंताको खासगरी हदम्म्याद सम्बन्धी विषयका सन्दर्भमा पुनर्विचार गर्न सरकारलाई निर्देशन दिन माग गर्दछु’, थापाले भने ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर