पाँच पालिका जितेर एमाले बन्यो पर्साको ठूलो दल, दोस्रोमा कांग्रेस र जसपा – Nepal Press

पाँच पालिका जितेर एमाले बन्यो पर्साको ठूलो दल, दोस्रोमा कांग्रेस र जसपा

वीरगञ्ज । मधेस आन्दोलनको कारण अघिल्लो स्थानीय निर्वाचनमा दयनीय अवस्थामा रहेको नेकपा एमाले यसपटक पर्सामा सबैभन्दा ठूलो दल बन्न सफल भएको छ ।

वीरगञ्ज महानगरपालिकाको मतगणना जारी रहँदा जिल्लाका १४ मध्ये १३ वटा पालिकाको परिणाम आइसकेको छ । पछिल्लो परिणामअनुसार ४ स्थानीय तहका प्रमुख र सात उपप्रमुख जितेर एमाले पहिलो दल बनेको हो ।

एमालेले वीरगञ्जपछिको ठूलो नगरपालिका पोखरिया र पर्सागढी नगरपालिकासहित ठोरी, छिपहरमाई र सखुवा प्रसौनी गाउँपालिकाको प्रमुख जितेको छ ।

त्यस्तै नेपाली कांग्रेस ४ स्थानीय तहको प्रमुख जितेर दोस्रो दल बनेको छ । कांग्रेसले पटेर्वासुगौली,जगरनाथपुर, पकहामैनपुर र जिराभवानी गाउँपालिकामा प्रमुख जितेको छ ।

वीरगञ्जको मेयर जित्दै गरेको जनता समाजवादी पार्टीले हालसम्म धोविनी गाउँपालिका,कालिकामाइ गाउँपालिका र बहुदरमाई नगरपालिकाको प्रमुख जितेर तेस्रो दल बनेको छ ।

विन्दबासनी गाउँपालिकामा लोकतान्त्रिक समाजवादी पार्टील जितेको छ । रोचक त के छ भने जसपा र लोसपाले कुनै पनि पालिकामा उपप्रमुख पद जित्न सकेका छैनन् । जिल्लामा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी भने निल भएका छन् । वीरगञ्ज जितेपछि जसपा र कांग्रेस बराबर हुनेछन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर