सुन्दरी प्रतियोगिता आयोजकमाथि बलात्कार आरोप- युवतीका अभिभावक प्रहरी सम्पर्कमा – Nepal Press

सुन्दरी प्रतियोगिता आयोजकमाथि बलात्कार आरोप- युवतीका अभिभावक प्रहरी सम्पर्कमा

काठमाडौं । ८ वर्षअघि एक सुन्दरी प्रतियोगिता आयोजकले बलात्कार गरेको घटना सार्वजनिक गर्ने युवतीका अभिभावक प्रहरीको सम्पर्कमा आएका छन् । युवतीले सामाजिक सञ्जालमा भिडिओ अपलोड गरेपछि प्रहरीले अनुसन्धान थालेको थियो ।

भक्तपुर घर भएकी युवतीका अभिभावक सम्पर्कमा आएपनि पीडित भनिएकी युवतीसँग भने सम्पर्क भइनसकेको उपत्यका प्रहरी अनुसन्धान कार्यालयका एक अधिकारीले बताए ।

‘युवतीसँग पनि सम्पर्कको प्रयासमा छौं’, उनले भने ।

२४ वर्षीय ती युवतीले बुधबार सुन्दरी प्रतियोगिताका आयोजकले आफूलाई बेहोस बनाइ ८ वर्षअघि बलात्कार गरेको तथा तस्बिर र भिडिओ रेकर्ड गरेर ६ महिनासम्म लगातार ब्ल्याकमेलिङ गरेको आरोप लगाएकी छिन् ।

८ वर्षअघि भएको घटनाको मुद्दा दर्ता गर्ने हदम्याद सकिएपनि चौतर्फी दबाब आइरहेको अवस्थामा के मुद्दामा अनुसन्धान अगाडि बढाउने भन्नेमै प्रहरी अन्योलमा छ ।

शुक्रबार मात्र महिला अधिकारीवादी संघस‌ंस्थाहरूले बालुवाटारअघि प्रदर्शन गरेका थिए । संसदले पनि सरकारलाई उक्त घटनाको अनुसन्धान गर्न निर्देशन दिइसकेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर