शशांकको गृहजिल्लामा कांग्रेस कमजोर, पहिले जितेका ५ पालिका गुमायो – Nepal Press

शशांकको गृहजिल्लामा कांग्रेस कमजोर, पहिले जितेका ५ पालिका गुमायो

नेपाल प्रेस । नवलपुर । नेपाली कांग्रेसका निवर्तमान महामन्त्री डा. शशांक कोइरालाको गृह जिल्लामा कांग्रेस विगतमा भन्दा कमजोर देखिएको ।

नवलपरासी बर्दघाट सुस्ता पूर्व अर्थात् नवलपुरका ८ मध्ये ६ वटा स्थानीय तहमा कांग्रेस पराजित रह्यो । अघिल्लो स्थानीय निर्वाचनमा कांग्रेसले ८ मध्ये ६ वटा स्थानीय तह जितेको थियो ।

अघिल्लो निर्वाचनमा २ मात्रै स्थानीय तह जितेको नेकपा एमालेले अहिले नवलपुरका ६ स्थानीय तह जितेको छ ।

एमालेले अघिल्लो पटक जितेको गैँडाकोट नगरपालिकाको नेतृत्व भने यस पटक गुमायो ।

कांग्रेसले अघिल्लो पटक जितेको देवचुली नगरपालिका, बुङ्दीकाली गाउँपालिका, बुलिङटार गाउँपालिका , मध्यविन्दु नगरपालिका र विनयी त्रिवेणी गाउँपालिका यस पटक गुमाएको छ । समग्रमा एमालेले स्थानीय तहमा ६ प्रमुख र ५ उपप्रमुख जितेको छ ।

कांग्रेसले अहिले गैँडाकोट नगरपालिका र हुप्सेकोट गाउँपालिकामा मात्रै नेतृत्व जितेको छ । कांग्रेसले ३ वटा उपप्रमुख पनि जितेको छ । जिल्लाका ९२ वडा मध्ये एमालेले सबैभन्दा धेरै ४८ वडा जित्दा कांग्रेसले ४१ वडा जितेको छ । माओवादीले २ र राप्रपाले १ वडा जितेका छन् ।

कांग्रेसका निवर्तमान महामन्त्री कोइरालासहित केन्द्रीय सदस्य एवं सांसद विनोद चौधरीको समेत गृह जिल्ला नवलपुर हो । विगतमा गठबन्धन नगरी सफलता हासिल गरेको कांग्रेस यस पटक केही पालिकामा गठबन्धन हुँदा पनि पछि परेको हो ।

नवलपुर कांग्रेसका नेताहरूले यस पटक हारको मुख्य कारण अन्तर्घात भएको बताउँछन् ।

‘पार्टीको स्थानीय अधिवेशनको तुष पनि निर्वाचनमा व्यक्त भएको पाइयो । कमजोर नतिजा आउनुको मुख्य कारण अन्तर्घात नै हो’, नवलपुर कांग्रेसका एक नेताले भने ।

नवलपुरको अन्तिम परिणाम –
१. कावासोती नगरपालिका
प्रमुख : विष्णु प्रसाद भुषाल (नेकपा एमाले) १८,६०८ मत, विजयी
उपप्रमुख : फुल कुमारी थनेत (नेकपा एमाले) १९,७२४ मत, विजयी

२. देवचुली नगरपालिका
प्रमुखः हरि न्यौपाने (नेकपा एमाले) १२,८०६ मत, विजयी
उपप्रमुख : पार्वता तिवारी (नेकपा एमाले) १२,७४९ मत, विजयी

३. मध्यविन्दु नगरपालिका
प्रमुख : भिमलाल अधिकारी (नेकपा एमाले) १६,२२१ मत, विजयी
उपप्रमुख : पूर्णकला चौधरी (नेकपा एमाले) १६,१०५ मत, विजयी

४. गैँडाकोट नगरपालिका
प्रमुख : मदनभक्त अधिकारी (नेपाली कांग्रेस) १६,४५५ मत, विजयी
उपप्रमुख : शान्ति कोइराला (नेपाली कांग्रेस) १६,११४ मत, विजयी

५. हुप्सेकोट गाउँपालिका
अध्यक्ष : लक्ष्मीदेवी पाण्डे (नेपाली कांग्रेस) ६,७१४ मत, विजयी
उपाध्यक्ष : पूर्णसिं राना (नेपाली कांग्रेस) ६,७०५ मत, विजयी

६. बौदीकाली गाउँपालिका
अध्यक्ष : प्रकाश ओझा (नेकपा एमाले) ३,९७६ मत, विजयी
उपाध्यक्ष : डिल कुमारी सारु (नेकपा एमाले)  ३,९६२ मत, विजयी

७. बुलिङटार गाउँपालिका
अध्यक्ष : दिपेन्द्र सुनारी मगर (नेकपा एमाले) ४,०४९ मत, विजयी
उपाध्यक्ष : दिल माया राना (नेपाली कांग्रेस) ४,२३९ मत, विजयी

८. विनयी त्रिवेणी गाउँपालिका
अध्यक्ष : धनश्याम गिरी (नेकपा एमाले) ७,६५८ मत, विजयी
उपाध्यक्ष : भगवती बैदावार (नेकपा एमाले) ७,६७१ मत, विजयी


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर