काठमाडौं-२९ मा ६४ भोट ‘गायब’ भएपछि विवाद, एमालेले निर्वाचन आयोगमा उजुरी दिने – Nepal Press

काठमाडौं-२९ मा ६४ भोट ‘गायब’ भएपछि विवाद, एमालेले निर्वाचन आयोगमा उजुरी दिने

काठमाडौं । काठमाडौं महानगरको वडा नम्बर २९ मा खसेको भन्दा ६४ कम भोट मात्रै गणना भएपछि एमालेले विरोध जनाएको छ । आज आएको मत परिणाम अनुसार यो वडाको वडाध्यक्षमा कांग्रेस उम्मेदवारले एमालेलाई ५१ भोटले हराएका छन् ।

एमालेका वडा सचिव राजेश शाक्यका अनुसार मतदानपछि तीन वटा बुथमा गरेर ५ हजार ८ भोट खसेको रिपोर्ट निर्वाचन आयोगले दिएको थियो । तर, अहिले मतगणना क्लोजिङ हुँदा ४९४४ मात्रै गणना भएको छ ।

शाक्यले भने, ‘हामी ५१ मतले हार्यौं, तर ६४ मत गायब भएका छन् । यदि ती मत एमालेको पक्षमा भए त जित्न सक्थ्यौँ नि ?’

यसमा विरोध जनाउँदै एमालेले निर्वाचन आयोगमा निवेदन दिने भएको छ ।


प्रतिक्रिया

One thought on “काठमाडौं-२९ मा ६४ भोट ‘गायब’ भएपछि विवाद, एमालेले निर्वाचन आयोगमा उजुरी दिने

  1. निर्वाचन आयोग र निजामती कर्मचारी प्रहरी प्रशासन सबै जसरी पनि चोर कंग्रेस जिताउन कंग्रेस को नेताकार्यकर्ता जस्तै काम गरिरहेका छ निर्वाचन को मुल्य मान्यता सबै समाप्त परेको कंग्रेसी चोरहरु।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर