काठमाडौंको-२५ मा सूर्यलाई आँखीझ्यालको कडा टक्कर, को हुन् सुमन सायमी ? – Nepal Press

काठमाडौंको-२५ मा सूर्यलाई आँखीझ्यालको कडा टक्कर, को हुन् सुमन सायमी ?

काठमाडौं । काठमाडौं महानगरपालिकाको कोर एरियामा स्वतन्त्र उम्मेदवार सुमन सायमीको प्रभाव देखिएको छ । वडा नम्बर २५ को प्रारम्भिक मतगणनामा उनी पहिलो स्थानमा रहेका केशव स्थापितसँग प्रतिस्पर्धामा छन् ।

हालसम्म ९०० भोटको गणना सकिएको छ । सबैभन्दा अगाडि रहेका स्थापितले २११ भोट ल्याउँदा सायमी दुई भोट मात्र पछाडि छन् । उनको चुनाव चिन्ह आँखीझ्यालमा २०९ भोट आएको छ ।

तेस्रो स्थानमा अर्का स्वतन्त्र उम्मेदवार बालेन शाह छन् । उनको चुनाव चिन्ह लौरोलाई १४४ भोट आएको छ भने कांग्रेसको रुखले ११५ भोट पाएको छ ।

को हुन् सुमन सायमी ?

काठमाडौंको संस्कृति संरक्षणमा क्रियाशील अग्रणी अभियन्ता हुन् सुमन सायमी । काठमाडौंको कोर एरियामा उनी चर्चित भए पनि स्वतन्त्र उम्मेदवार बालेन शाहको ओझेलमा परे ।

सायमी उपत्यका व्यापी सडक विस्तार पीडित संघर्ष समितिको अध्यक्ष र उपत्यका सरोकार मञ्चका पनि अध्यक्ष हुन् । एक दशकदेखि उनी काठमाडौंवासीका विभिन्न समस्यामा सक्रिय छन् ।

खासगर सांस्कृतिक सम्पदाको संरक्षणमा उनले निरन्तर आवाज उठाइरहेका छन् ।

काठमाडौंका जात्रा, पर्व र संस्कृतिहरूलाई संरक्षण गर्ने विषयमा उनको वकालत हुने गरेको छ ।

गुठी विधेयक विरुद्धको आन्दोलनमा उनको सक्रिय सहभागिता थियो ।


प्रतिक्रिया

One thought on “काठमाडौंको-२५ मा सूर्यलाई आँखीझ्यालको कडा टक्कर, को हुन् सुमन सायमी ?

  1. सांस्कृतिक सम्पदा संरक्षणमा बालेनलाई उनकाे कार्यकालमा प्रकाशीले सघाएको खुब राम्रो हुन्छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर