गोरखामा माओवादीले लियो कांग्रेससँग बदला, चुमनुव्रीसहित ११ मध्ये ९ पालिकामा विजयी – Nepal Press

गोरखामा माओवादीले लियो कांग्रेससँग बदला, चुमनुव्रीसहित ११ मध्ये ९ पालिकामा विजयी

काठमाडौं । गोरखाको चुमनुव्री गाउँपालिका अध्यक्षमा नेकपा माओवादी केन्द्रका उम्मेदवार निमा लामा १,६२४ मत ल्याई विजयी भएका छन् ।

उनले निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेस उम्मेदवार धनबहादुर गुरुङलाई ३१३ मतान्तरले पराजित गरेका हुन् । पराजित धनबहादुर गुरुङले १,३११ मत ल्याएका छन् ।

उपाध्यक्षमा पनि माओवादी कै उम्मेदवार लक्ष्मी गुरुङ १,५६५ मत सहित विजयी भएकी छन् । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसकी उम्मेदवार मेतोक छोकी लामाले १,३०७ मत ल्याएकी छन् ।

योसँगै गोरखाको मतगणना सकिएको छ र माओवादीले गोरखाका ११ मध्ये ९ पालिका जितेको छ । यसअघि कांग्रेसले ९ पालिका जितेको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर