बाँकेको नरैनापुर गाउँपालिकामा जसपा विजयी – Nepal Press

बाँकेको नरैनापुर गाउँपालिकामा जसपा विजयी

नेपालगञ्ज । बाँकेको नरैनापुर गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा जनता समाजवादी पार्टी (जसपा)का उम्मेदवार विजयी भएका छन् । अध्यक्षमा इस्तियाक अहमद शाह र उपाध्यक्षमा जयन्तीदेवी श्रीवास्तव निर्वाचित भएका हुन् ।

अध्यक्षमा शाहले ५ हजार ३७ मत प्राप्त गरेका छन् भने, उनका निकटतम प्रतिद्वन्दी नेपाली कांग्रेसका रामचन्द्र मौर्यले ३ हजार ६८५ मत पाएका छन् ।

त्यस्तै उपाध्यक्षमा निर्वाचित श्रीवास्तवले ३ हजार ८७९ मतका साथ निर्वाचित हुँदा र कांग्रेसकी अतिकुन निशा खाँले ३ हजार ६७२ मत पाइन् । ६ वटा वडा रहेको नरैनापुरमा ४ वटा वडा कांग्रेस र २ वडा जसपाले जितेका छन् ।

निर्वाचित अध्यक्ष शाह र उपाध्यक्ष श्रीवास्तव अघिल्लो पटकका पनि अध्यक्ष उपाध्यक्ष हुन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर