झापामा एक्लै जितेको कांग्रेस गठबन्धन गर्दा कमजोर, माओवादी र नेकपा एस नील (सूचीसहित) – Nepal Press

झापामा एक्लै जितेको कांग्रेस गठबन्धन गर्दा कमजोर, माओवादी र नेकपा एस नील (सूचीसहित)

गणना जारी रहेका ६ ठूला पालिकामा एमालेको अग्रता, समग्र नतिजामा राप्रपा तेस्रो

झापा । २०७४ सालको स्थानीय तह निर्वाचनमा एक्लै लड्दा एमालेमाथि भारी परेको नेपाली कांग्रेस यसपटक झापामा महागठबन्धन बनाएर चुनावमा जाँदा पनि कमजोर देखिएको छ ।

झापाका १५ स्थानीय तहमध्ये यसपटक कांग्रेसले माओवादी केन्द्रसँग सबै तहमा र एमाले तथा राप्रपासँग एक-एक पालिकामा तालमेल गरेको थियो । तर, एक्लै जितेको बाह्रदशी नगरपालिका यसबीचमा उसले गुमाइसकेको छ ।

बाह्रदशीको मेयर र उपमेयरमा एमाले विजयी भइसकेको छ । त्यस्तै दमकमा राप्रपाले महागठबन्धनबाट मेयर जित्दा कांग्रेसले उपमेयर पाएको छ । यसअघि हारेका भद्रपुरमा कांग्रेसले गठबन्धनबाट मेयर जितेको छ भने उपमेयर राप्रपाले जितेको छ ।

यसअघि राप्रपाले जितेको कचनकवल गाउँपालिकामा एमालेसँग मिलेर कांग्रेसले अध्यक्ष जितेको छ । झापा गाउँपालिकामा कांग्रेस जितेको छ । योबाहेक मतगणना जारी रहेका अधिकांश स्थानीय तहमा कांग्रेसको गठबन्धन एमालेसँग पछि परेको छ ।

मेचीनगर, गौरादहजस्ता ठूला र यसअघि एक्लै जितेका नगरपालिकामा यसपटक गठबन्धन गर्दा पनि कांग्रेस पछि परेको छ । लगभग ती नगरपालिकामा कांग्रेसको पराजय निश्चित भइसकेको छ । गणना भइरहेका बुद्धशान्ति र कमल गाउँपालिकामा कांग्रेसको अग्रता छ ।

गणना भइरहेका ६ वटामध्ये ४ वटा नगरपालिकामा एमालेको अग्रता छ भने दुई गाउँपालिकामा गठबन्धनको अग्रता छ । अहिलेसम्म कांग्रेसले चार, एमालेले तीन र राप्रपाले २ पालिकाको प्रमुख जितेका छन् ।

अहिलेसम्म पछिल्लो गणनामा एमालेले अग्रता लिएका पालिका

मेचीनगर नगरपालिका

मेयर

गोपाल बुढाकोथी एमाले १३,५८३
इन्द्र बुढाथोकी कांग्रेस १०३४८

उपमेयर

मीना पोखरेल एमाले १२२५२
प्रकाश भण्डारी माओवादी ७१२९

शिवसताक्षी नगरपालिका

मेगाहाङ थोप्रा एमाले ९०६७
पर्शुराम ढुंगाना कांग्रेस ७१४६

उपमेयर

नरमाया कार्की एमाले ७९५५
महेन्द्र भट्टराई माओवादी ४८६२

अर्जुनधारा नगरपालिका

मेयर

बलदेवसिंह गोम्देन एमाले १६७३१
रंजिता कार्की कांग्रेस १२६६३

उपमेयर

खड्गमाया पराजुली एमाले १५५८५
जितेश योन्जन कांग्रेस ८२८१

गौरादह नगरपालिका

मेयर

छत्रपति सुवेदी एमाले १०४९३
रोहितकुमार साह कांग्रेस ९००१

उपमेयर

जलवर्षा राजवंशी एमाले ९४२९
पुष्पलाल ढकाल माओवादी ८३१०

गठबन्धनले अग्रता लिइरहेका पालिका

कमल गाउँपालिका

अध्यक्ष

हुकमसिंह राई कांग्रेस ८९४४
भीमप्रसाद राई एमाले ६८६७

उपाध्यक्ष

प्रमिला न्यौपाने एमाले ७४६५
पर्शुराम सुवेदी माओवादी ६१८४

गौरीगञ्‍ज गाउँपालिका

फुलवति राजवंशी कांग्रेस ३८७४
बिजयकुमार अग्रवाल एमाले १७०१

उपाध्यक्ष

पुजन न्यौपाने कुँवर एमाले ४१८०
मखता महतो कांग्रेस २९५३

गणना भइसकेका पालिका कसले कहाँ जिते ?

बुद्धशान्ति गाउँपालिका

अध्यक्ष–नेपाली कांग्रेस
उपाध्यक्ष–नेकपा एमाले

कचनकवल गाउँपालिका

अध्यक्ष–नेपाली कांग्रेस
उपाध्यक्ष–नेकपा एमाले

कन्काई नगरपालिका

मेयर–नेकपा एमाले
उपमेयर–नेपाली कांग्रेस

झापा गाउँपालिका

अध्यक्ष –नेपाली कांग्रेस
उपाध्यक्ष–नेपाली कांग्रेस

दमक नगरपालिका

मेयर–राप्रपा
उपमेयर–नेपाली कांग्रेस

बाह्रदशी नगरपालिका

मेयर–नेकपा एमाले
उपमेयर–नेकपा एमाले

बिर्तामोड नगरपालिका

मेयर–नेकपा एमाले
उपमेयर–नेकपा एमाले

भद्रपुर नगरपालिका

मेयर–नेपाली कांग्रेस
उपमेयर–राप्रपा

हल्दिबारी गाउँपालिका

अध्यक्ष–राप्रपा
उपाध्यक्ष–राप्रपा


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर