कांग्रेस धनुषा सभापतिलाई हराउँदै एमालेका सुखदेव बने क्षिरेश्वरनाथको मेयर – Nepal Press

कांग्रेस धनुषा सभापतिलाई हराउँदै एमालेका सुखदेव बने क्षिरेश्वरनाथको मेयर

जनकपुरधाम । नेपाली कांग्रेस धनुषाका सभापति योगेन्द्र पजियारलाई हराएर क्षिरेश्वरनाथ नगरपालिकाको मेयरमा नेकपा एमालेका सुखदेव यादव विजयी भएका छन् ।

निवर्तमान मेयरसमेत रहेका पजियारलाई ६१३ मतले पछि पार्दै यादव विजयी भएका हुन् । यादवले ७ हजार ९१३ मत ल्याउँदा पजियार ७ हजार ३ सयमा रोकिए ।

उपमेयरमा भने नेपाली कांग्रेसकी रचना श्रेष्ठ विजयी भएकी छन् । उनले ७ हजार ५५० मत ल्याइन् भने प्रतिस्पर्धी एमालेकी सालिनी चौधरी ७ हजार ५११ मत ल्याइन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर