तुलसीपुरमा गठबन्धनको सम्भावना घट्दै, मेयर र उपमेयर दुवैमा एमालेको फराकिलो अग्रता – Nepal Press

तुलसीपुरमा गठबन्धनको सम्भावना घट्दै, मेयर र उपमेयर दुवैमा एमालेको फराकिलो अग्रता

दाङ । तुलसीपुर उपमहानगरपालिकाको मतगणना जारी रहँदा नेकपा एमालेको अग्रता फराकिलो बन्दै गएको छ । मेयरमा एमालेका टिकाराम खड्काले २० हजार ८९४ मतसहित अग्रता लिइरहँदा गठबन्धनबाट कांग्रेसका उम्मेदवार गेहेन्द्र गिरीले १८ हजार ९४० मतसहित पछ्याइरहेका छन् ।

करिब ५० हजार मत गनिसक्दा गठबन्धनका उम्मेदवार मेयरमा १९ सय ५४ मतले पछाडि परेका छन् । उपमेयरमा भने गठबन्धनका उम्मेदवार ६ हजारभन्दा बढी मतले पछि परिसकेका छन् ।

एमालेकी उम्मेदवार स्यानी चौधरीले २० हजार ३११ मतले अग्रता लिइरहँदा गठबन्धनबाट नेकपा एकीकृत समाजवादीका जोगवहादुर रानाले १४ हजार २३ मत पाएका छन् ।

तुलसीपुर उपमहानगरपालिकामा ७४ हजार ३ सय ३६ मत खसेको थियोे ।

दाङका दुई उपमहानगरपालिकामध्ये घोराहीमा यसअघि नै एमालेले गठबन्धनलाई पराजित गरिसकेको छ । तुलसीपुरमा पनि अब सम्भावना घट्दै गएको गठबन्धनका नेताहरुले बताएका छन् । कांग्रेसको गढ मानिएका वडाहरूबाट समेत अपेक्षित मत नआएपछि जितको सम्भावना घटेको हो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर