बृन्दावनमा नेकपा एसको जित निश्चित, माधव नेपालको गृहजिल्लामा ३ पालिकामा सफलता – Nepal Press

बृन्दावनमा नेकपा एसको जित निश्चित, माधव नेपालको गृहजिल्लामा ३ पालिकामा सफलता

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालको गृहजिल्ला रौतहटमा सो पार्टीले तेस्रो नगरपालिकामा जित सुनिश्चित गरेको छ । वृन्दावन नगरपालिकाको  मतगणना नसकिँदै नेकपाा एसका मेयर उम्मेदवार विनोदप्रसाद कुर्मीले एमालेका प्रेमशंकर यादवलाई फराकिलो मतान्तरले पछि पारेका छन् ।

वृन्दावन नगरपालिकाको मेयर र उपमेयर दुवै पदमा नेकपा एसका उम्मेदवारको जित निश्चित भएको छ । विजयको औपचारिक घोषणा हुन बाँकी छ । यसअघि नेकपा एसले गौर नगरपालिका र राजदेवी नगरपालिकामा जित हासिल गरिसकेको छ ।

गठनबन्धनबिना नै नेकपा एसले रौतहटमा तीन पालिका जितेको हो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर