निर्वाचनको परिणाम सन्तोषजनक : कांग्रेस – Nepal Press

निर्वाचनको परिणाम सन्तोषजनक : कांग्रेस

काठमाडौं । सम्पन्न स्थानीय तहको निर्वाचनको परिणाम सन्तोषजनक भएको नेपाली कांग्रेसले जनाएको छ ।

पार्टी केन्द्रीय कार्यालय सानेपामा पत्रकार सम्मेलनको आयोजना गर्दै प्रवक्ता डा. प्रकाश शरण महतले आएको परिणाम सन्तोषजनक रहेको बताए ।

‘समग्रमा यो निर्वाचनको परिणाम हामीले सन्तोषजनक रूपमा लिएका छौँ,’ उनले भने,‘नेपाली कांग्रेस आफैले पनि यो निर्वाचनमा धेरै ठूलो सफलता हासिल गरेको छ । र तालमेल सहित हामीले निर्वाचनको परिणामलाई हेर्ने हो भने, सहयोगी दलले पनि उल्लेख्य सफलता हासिल गरेको हामीले महसुस गरेका छौँ ।’

निर्वाचन स्वतन्त्र, निष्पक्ष र भयरहित सम्पन्न भएको कांग्रेसले जनाएको छ ।

‘जहिले जहिले कांग्रेसले निर्वाचन गर्छ हामीले निर्वाचन आयोगलाई स्वतन्त्र, निष्पक्ष र भयरहीत निर्वाचनका लागि सहयोग गरेका छौ,’ प्रवक्ता महतले दाबी गरे, ‘चाहे २०१५ सालमा होस, २०४८ सालको होस, ०५१, ०५६, ०६४, ०७४ होस वा अहिलेको हामीले निष्पक्ष चुनाव गराएका छौ ।’

बरु एमालेको कार्यकालमा २०५४ मा व्यापक धाँधली भएको उनले बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर