मेयर लामाको पहिलो निर्णय- हेटौडामा १५४१ परिवारको नि:शुल्क स्वास्थ्य बिमा – Nepal Press

मेयर लामाको पहिलो निर्णय- हेटौडामा १५४१ परिवारको नि:शुल्क स्वास्थ्य बिमा

हेटौडा । हेटौडा उपमहानगरपालिकामा नवनिर्वाचित मेयर मीना लामाले नगरभित्रका १५ सय ४१ परिवारको नि:शुल्क स्वास्थ बिमा गर्ने घोषणा गरेकी छन् ।

पदभार ग्रहणपछि लामाले स्वास्थ्य बिमासहितका ५ वटा निर्णयमा हस्ताक्षर गरिन् ।

उनले नगरभित्र बसोबास गर्ने अति विपन्न परिवारलाई १५ हजार लिटर पानी र २५ युनिट विद्युत निःशुल्क उपलब्ध गराउने, आर्थिक कमजोर भएका विद्यार्थीलाई प्रोत्साहन र सहुलियत दिन मेयर छात्रवृत्ति कार्यक्रम संचालन गर्ने निर्णय गरिन् ।

मेयर लामाले हेटौडाको बाटो विस्तारका क्रममा बाटोको बीच भागका विद्युतका पोल किनारामा सार्ने र महिला जागरण समूहमार्फत लैंगिक हिंसाविरुद्धका अभियान सञ्चालन गर्दै पीडित/प्रभावित महिला तथा बालबालिकालाई अल्पकालीन आश्रयस्थलमार्फत् पुन:स्थापना कार्यहरू संचालन गर्ने निर्णय पनि गरेकी छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर