भरतपुर महानगरपालिकाका २९ मध्ये १६ मा कांग्रेसको जित, अरुले कति जिते ? – Nepal Press

भरतपुर महानगरपालिकाका २९ मध्ये १६ मा कांग्रेसको जित, अरुले कति जिते ?

काठमाडौं । चितवनको भरतपुर महानगरपालिकाका २९ वडामध्ये १६ वटामा नेपाली कांग्रेसका वडाध्यक्षका उम्मेदवारहरू विजयी भएका छन् ।

सबै वडाको अन्तिम मतपरिणाम आउँदा कांग्रेसले वडा नम्बर १, २, ४, ५, ६, ८, १०, १४, १५, १६, १७, २०, २१, २३, २७ र २९ वडा गरी १६ वटा वडाको अध्यक्ष जितेको हो ।

यस्तै नेकपा एमालेले ६ वटा वडाको वडाध्यक्ष जितेको छ । जसमा वडा नम्बर ३, ११, १२, १८, १९ र २८ नम्बर छन् ।

यस्तै नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीले ३/३ वटा वडाको वडाध्यक्ष जितेका छन् । माओवादी केन्द्रले वडा नम्बर १३, २४ र २६ को वडाध्यक्ष र नेकपा एसले वडा नम्बर ७, ९ र २२ को वडाध्यक्ष पदमा जितेका छन् ।

यस्तै वडा नम्बर २५ को वडाध्यक्ष पदमा भने स्वतन्त्र उम्मेदवार छविलाल सापकोटा विजयी भएका छन् । उनी कांग्रेसका बागी उम्मेदवार हुन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर