मूल्यवृद्धिविरुद्ध विपक्षी दलका सांसदद्वारा प्रतिनिधिसभामा जरुरी सार्वजनिक महत्त्वको प्रस्ताव दर्ता
काठमाडौं । पेट्रोलियम पदार्थमा भएको अस्वाभाविक मूल्यवृद्धि र त्यसले गर्दा बजार मूल्यमा परेको असरका कारण जनजीवन गम्भीर रूपमा प्रभावित भएको भन्दै प्रतिनिधिसभामा जरुरी सार्वजनिक महत्त्वको प्रस्ताव दर्ता भएको छ ।
प्रमुख विपक्षी नेकपा एमालेका प्रमुख सचेतक विशाल भट्टराई प्रस्तावक र राप्रपाका अध्यक्ष राजेन्द्र लिङदेनसहित एमालेका यज्ञराज सुनुवार र गणेश कुमार पहाडी समर्थक रहेर तत्काल संसद्मा छलफल गर्न माग गर्दै सो प्रस्ताव दर्ता भएको हो ।
मूल्यवृद्धि तत्काल फिर्ता गर्न माग गर्दै दर्ता भएको प्रस्तावमा खाना पकाउने ग्यास, पेट्रोल, डिजेल र मट्टितेल लगायतका पदार्थमा भइरहेको चुहावट, कमिसन र अत्यधिक करलाई न्यूनीकरण गर्न सरकारको प्रयासबारे जवाफ मागिएको छ ।
सरकारले गैर जिम्मेवारी प्रदर्शन गरेको र बमौसमी रूपमा आयल निगमको निजीकरण गर्न कुरा उठाएको भन्दै प्रस्तावमा यसबारे जवाफ मागिएको छ ।
संसद्ले यस्ता विषयमा तत्काल पहल गर्न आवश्यक रहेकाले प्रस्ताव दर्ता गरिएको एमाले सांसद सुनुवारले बताए ।
यो नेपाल हो कसैले केही गर्दैन