पोखरा महानगर : एमालेको काउण्टरमा कांग्रेसले पनि दियो पुन: गणनाको निवेदन – Nepal Press

पोखरा महानगर : एमालेको काउण्टरमा कांग्रेसले पनि दियो पुन: गणनाको निवेदन

पोखरा । पोखरा महानगरपालिका-१८ मा ३ मतले पराजित भएको एमालेले पुनः मत गणनाको माग गरेपछि कांग्रेसले पनि काउण्टर निवेदन दिएको छ । कांग्रेसले १ र १७ नम्बर वडामा पुनः गणनाको माग गरेको छ ।

वडा नम्बर १ की कांग्रेस उम्मेदवार सीता गुरुङले आफूसहित सदस्य उम्मेदवारलाई दबाबमा पारेर आफ्नो प्रतिकूल हुनेगरी नतिजा सार्वजनिक गरिएको आरोप लगाउँदै पुनः गणना माग गरेकी हुन् । यहाँ एमालेका सहारा प्रधानले ४१ मत अन्तरले जितेका थिए । प्रधानले ११४५ र गुरुङले ११०४ मत पाएका थिए ।

यस्तै, वडा नम्बर १७ का कांग्रेस उम्मेदवार देवराज आचार्यले पनि पुनः गणनाको माग गरेका छन् । उही ढाँचामा उनले निवेदन बुझाएका हुन् । उनीहरू दुवैले पहिलेभन्दा फरक गणक राख्न र निष्पक्षरूपमा गणना गर्नुपर्ने माग राखेका छन् । १७ नम्बर वडामा ८३ मत अन्तरले एमालेकी राधिका शाहीले चुनाव जितेकी छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर